

GENERAL RULES
RULES ON IMAGE SIZE AND EDITING
RULES ON COPYRIGHT
प्रतियोगिताका नियमहरु
१) प्रतियोगितामा सहभागी हुन कुनै शुल्क लाग्ने छैन । क्यामरा वा मोवाईल फोनबाट खिचिएका तस्बिर पठाउन सकिने छ ।
२) सहभागी नेपालको नागरिक हुनु पर्नेछ ।
३) प्रतियोगिताका लागि पठाएको तस्बीर नेपालमै खिचिएको र फोटोगाफर आफैले खिचेको हुनु पर्नेछ । तेस्रो पक्षको स्वामित्व र नियन्त्रण भएको तस्बीर हुनु हुँदैन, जसमा कुनै व्यक्ति वा संस्थाको प्रतिलिपि अधिकार, ट्रेडमार्क, नैतिक अधिकार र गोपनियताको अधिकार/प्रचार अथवा बौद्धिक सम्पत्तीको अधिकारको उल्लंघन भएको हुनु हँदैन ।
४) सहभागीहरुले बढिमा ५ वटासम्म तस्बीर पठाउन सक्नेछन् । एकै सहभागीले भूलबश वा जानजानी नियम भन्दा बेसी पठाएको खण्डमा पहिलो पाप्त ५ फोटोहरुलाई मात्र मान्यता प्रदान गरिनेछ ।
५) तन्नेरी चासोद्वारा गठन गरिएको निर्णयक मण्डलले विजेताहरु र प्रदर्शनीहरुका लागि तस्बीरहरु छनौट गर्नेछन् । निर्णयक मण्डलद्वारा गरिएको निर्णय नै अन्तिम हुनेछ । निर्णयक मण्डलले फोटोहरु छनौट हुनु र नहुनुका कुनै पनि कारण बारे व्याख्या गर्ने छैन ।
६) प्रतियोगिताको विजेताहरु एक समारोह वा तन्नेरी चासोको वेबसाईट र यसको सोसलमिडिया मार्फत घोषणा गरिनेछ ।
७) प्रतियोगिताको अवधिभर र बिजेता सहित छानिएका कुनै पनि तस्बिरमा विवाद उत्पन्न भएमा तन्नेरी चासोको निर्णय नै अन्तिम हुनेछ ।
८) प्रतियोगिताका सहभागीले निर्णय समाप्त भएपछि तन्नेरी चासोले मागेको खण्डमा ठूलो साईज उच्च रिजोल्युसन भएको तस्बीर उपलब्ध गराउनु पर्नेछ ।
तस्बीरको आकार तथा सम्पादनका नियमहरु
९) उच्च डायनामिक रेञ्ज (एचडीआर) र वाटरमार्क भएका तस्बीरहरु स्वीकार्य हुने छैन ।
१०) तस्बीरका सन्दर्भहरु फेरबदल गर्न पाईने छैन । फोटोग्राफीको क्षेत्रमा हाल मान्यता प्राप्त मापदण्डलाई अनुशरण गरेर गरिएका फेरबदललाई मात्र स्वीकार गरिनेछ । ती मापदण्डहरुको निर्णय गर्ने अन्तिम अधिकार निर्णायक मण्डलमा हुनेछ । त्यसैले निर्णायक मण्डलले क्यामराले रेकर्ड गरेको वास्तविक वा फेरबदल नगरिएको नेगेटिभ वा सलाइड जस्ताको तस्तै झिकाउन सक्नेछ ।
११) विभिन्न तस्बीरहरु जोडी बनाइएको पानोरामिक तस्बीर स्वीकृत हुनेछ तर तस्बीरको बारेमा विशेष व्याख्या गरिएको हुनु पर्नेछ । भिडियोबाट बनाइएको स्थीर स्क्रिनसट तस्बीरहरु स्वीकार्य हुने छैन ।
१२) बेसिक ईडिटिङ्ग र हल्का कलर ईनहान्स गरिएको , फिल्टर प्रयोग तथा क्रपिङ्ग लगायतका सम्पादन गरिएका तस्बीरहरु स्वीकार्य हुनेछन ।
१३) भ्रम पैदा गर्न प्रयोग गरिएको सम्पादन, छल वा हेरफेर तथा तस्बीरको फ्रेमभित्र कुनै विशेष कुराहरु थप्न वा हटाउन प्रतिबन्ध गरिएको छ ।
१४) सबै तस्बीरहरु डिजिटल फाईलमा हुनु पर्छ । अरु ढाँचाबाट लिईएका तस्बीरहरु स्क्यान गरी डिजिटल ढाँचामा पेश गरिनु पर्नेछ । तस्बीरको कम्तीमा डाईमेन्सन २००० पिक्सल (चौडाई तर्फबाट), ३०० डिपिआई र फाईलको साईज कम्तीमा ८०० केबीसम्म हुनु पर्नेछ । तस्बीरहरु जेपिजी ÷जेपिइजी फाईल ढाँचामा हुनु पर्नेछ ।
१५) पेश गरिएका सबै तस्बीरहरुको वास्तविक/सक्कली EXIF मेटाडाटा सुचनाहरु हुनु पर्नेछ । यद्यपि, तस्बीरमा बोर्डरहरु, लागोहरु, सर्वाधिकार चिन्ह, परिचय चिन्ह वा अन्य देखिने सन्दर्भहरु तथा चिन्हहरु नभएको हुनु पर्नेछ ।
प्रतिलिपि अधिकारका नियमहरु
१६) तन्नेरी चासोसँग तस्बीरहरु प्रचारमा प्रयोग गर्नका लागि दुई वर्षको मात्र प्रतिलिपि अधिकार हुनेछ । तस्बीरहरुको प्रयोग गर्दा त्यसको सबै क्रेडिट फोटोग्राफरलाई दिइनेछ ।
१७) सहभागीमा आफ्नो तस्बीरहरुको सर्वाधिकार हुनेछ । यद्यपि, फोटो प्रतियोगितामा प्रवेश गरेर सहभागीले तन्नेरी चासोलाई ब्यबसायिक प्रयोजन बाहेक, तन्नेरी चासोको उदेष्य अनुसार प्रयोग गर्न (जस्तैः एक्टिभिजम, ईन्फर्म अवेर आदी) गर्न प्रर्दशन गर्न, पुनउत्पादन (सबै वा केहीको), हाल कायम रहेका कुनै पनि मिडिया ( जस्तै प्रकाशन, ईन्र्फमेटिभ पिक्टेरियल र भिडियो, वेबसाइट, सोसल मिडिया) अथवा कुनै शैक्षिक कार्य, प्रवर्धन, प्रचार, प्रदर्शन, अभिलेख वा वौद्धिक कार्य सहित तन्नेरी चासोले प्रकाशन गर्ने साम्रगीहरुका लागि २ वर्षको अनुमति प्रदान गर्नेछन् । तन्नेरी चासो प्रत्येक पल्ट तस्बीर प्रयोग गर्दा फोटोग्राफरलाई क्रेडिट दिइनेछ ।
१८) सहभागीले तन्नेरी चासोलाई दिएको अनुमतिको समायावधीमा यसैसग संम्बन्धित गरी फोटो पुस्तक प्रकाशित गर्नका लागि अनुमति दिनुपर्नेछ । फोटोबुकमा समावेश गर्दा फोटोग्राफरलाई क्रेडिट दिनुका साथै तन्नेरी चासोले उपलब्ध भएसम्म अन्य सुविधाहरु पनि दिन सक्नेछ ।
First prize: NRs 30,000.
Second prize: NRs 25,000.
Third prize: NRs 20,000.
*Government tax applicable.