If you have any feedback or suggestion please let us know through this e-mail: tanneri@tanerichaso.net !

Tag: तन्नेरी चासो

बढेको सांसदको पारिश्रमिक र सुविधाप्रति नदेखिएका यी पाटा ! (तन्नेरीको चश्माबाट हेर्दा)

अहिले संचारमाध्यम, सामाजिक संजाल र नागरिक समाजलाई एउटा समाचारले निकै तताएको छ । त्यो हो सांसदको पारिश्रमिक र सुविधा बढेको समाचार । यसलाई कसैले सकारात्मक रुपमा लिए भने कसैले नकारात्मक आलोचना पनि गरे । हामीले भने यो विषयलाई तन्नेरीको…

Learn More

सार्वजनिक सेवाको पहुँचमा किन यस्तो सास्ती ?

-दीपज्योति श्रेष्ठ, काठमाडौँ

सरकारले नीतिगत रुपमा जेष्ठ नागरिकलाई वृद्दभत्ता दिएर सम्मान त गर्यो तर यो सेवा सुविधालाई प्राप्त गर्नको लागि भने किन यति धेरै कठिन भईरहेको छ ? नीतिगत रुपमा व्यवस्था गरिएको राज्यको सम्मानमा पाएको सेवा-सुविधा लिन पनि यति धेरै झन्झट बेहोर्नुपरेको कुरा सरकारलाई अवगत छ कि छैन थाहा भएन तर जेष्ठ नागरिकहरुलाई आफ्नो सेवा लिन भएको यो सकस देख्दा लाग्छ नीति बनाउनु ठूलो कुरा होइन त्यसको व्यवहारमा कति लागु भईरहेको छ, लक्षित समुदायले सेवा सुविधा पाईरहेको छ कि छैन त्यो हेर्ने काम पनि नीतिनिर्माताहरुको हो ।

Learn More

दिएर कसैलाई पनि पुग्दैन

दीपज्योति श्रेष्ठ, काठमाडौँ ।

‘काठमाडौँमा ठूलो भुइँचलो आउँछ रे !’ भनेको सुन्दा हाम्रो पालामा नै त नआउला भन्ने लाग्थ्यो तर के थाहा थियो र यो हाम्रै पुस्तालाई चुनौती दिंदै आउँछ भनेर । जमिन हल्लियो, बस्ने घर हल्लियो अन्तत: सबैको मनै हल्लियो । वैशाख १२ गते बिहान ११:५६ मा गोरखाको बारपाकलाई केन्द्र बनाएर गएको त्यो विनाशकारी प्रलयले । अझै पनि सबैको मन काँपिरहेको छ, दिमाग हल्लिरहेको छ त्यो दिन गएको भूकम्प र त्यसले निम्त्याई रहेको परकम्पनहरुले । धेरैको बस्ने बास उठेको छ, पढ्ने ठाउँ भत्केको छ, आफन्त गुमेको छ तैपनि मान्छे बाँच्न विवश छ ।

Learn More