If you have any feedback or suggestion please let us know through this e-mail: tanneri@tanerichaso.net !

Tag: नेपाल

आफ्नोलाई भन्दा राम्रोलाई जिताउनु छ चुनावमा

-रन्जिता डंगोल, हेटौंडा कुन पार्टीले के के गर्याे थाहा भएन तर स्थानिय निकायकाे चुनावमा एक दुई जना भन्दा राम्रो व्यक्ति अरू मेराे नजरमा परेन राम्रालाई भन्दा हाम्रो पार्टीलाई जिताउने अभ्यास हुँदै शहरमा सुन्दै छु एक दुई स्थानमा जडियाहरूकाे खाडल…

Learn More

लोकमानसिंह कार्की विरुद्द महाअभियोग तार्किक निष्कर्षमा पुर्याउन तन्नेरीहरुको अपिल !

-दीपज्योति श्रेष्ठ

अहिले व्यवस्थापिका संसदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्द दर्ता गरिएको महाअभियोग प्रस्तावलाई लिएर सांसद, राजनीतिक दल, मिडिया, नागरिक समाजमा ठूलो चर्चा छ । तन्नेरी चासोमा आवद्द हामी देशभरिका तन्नेरीहरूले पनि सांसदहरुको यो कदमलाई हार्दिक स्वागत गरेका छौँ । ‘तन्नेरी चासो’ युवाहरुले समाज वा देशका बारेमा आफूलाई लागेका वा देखेका कुराहरु विश्लेषण गर्दै आफ्नो विचार अभिव्यक्त गर्ने साझा मंच हो । यसको प्रमुख उद्देश्य राजनीतिक तथा सार्वजनिक निकायहरुको निगरानी, सामाजिक तथा राजनीतिक विषयहरुमा तार्किक बहस र युवासँग प्रत्यक्ष सरोकार राख्ने नीतिगत सवालहरुमा विश्लेषण तथा छलफल गर्ने रहिआएको छ ।

कार्कीमाथि किन महाअभियोग लगाउनुपर्ने अवस्था आयो भन्ने तथ्यहरु सार्वजनिक रुपमै उनका पछिल्ला क्रियाकलापहरुले पुष्टि गर्दै आएको छ । महाअभियोग प्रस्ताव सहि दिशामा चालिएको एउटा सकारात्मक कदम हो । तन्नेरी चासोमा आवद्द हामी तन्नेरीहरूले कार्की नियुक्तिको प्रकृयाको दौरानमानै उनी यस पदका लागि अनुपयुक्त तथा अयोग्य व्यक्ति हो एवं उनको सो पदमा गरिने नियुक्तिले जनआन्दोलनको मर्म एवं भावनामा गम्भिर आघात पुग्दछ भनेर व्यापक खबरदारी गरेका थियौं ।

Learn More

भूकम्प मेरो लागि एउटा अनौठो अनुभव भयो

कैलाश न्यौपाने, नुवाकोट ।

हाल थानकोट, काठमाडौँ ।

अचानक वैशाख १२ गते गएको महाभूकम्प मेरो जीवनको अविस्मरणीय घटना बनेको छ । मैले कल्पनासम्म पनि नगरेको नयाँ अनुभव थियो यो । नेपालको इतिहासमा कहिल्यै नबिर्सिने एउटा डरलाग्दो क्षण बन्यो । यस भूकम्पमा सबैका आ-आफ्ना अनुभवहरु रहेहोलान् । मेरो पनि रह्यो । आज म त्यही मेरो भूकम्पको अनुभवहरु सुनाउन गईरहेको छु ।

Learn More

लोडसेडिङ र हामी

सचेत हितंगा, नेपालगन्ज । नेपालमा बढ्दो लोडसेडिङका कारण देश अन्धकारतर्फ बढ्दै छ जसले गर्दा देश र नागरिकको भविष्यनै ओझेलमा पर्ने खतरा बढेको छ । हुँदा हुँदा अब त दैनिकको यो लोडसेडिङले हाम्रो अनुहारनै यस्तो पो देखिन थाल्यो त !…

Learn More

फेरि एकपटक वाँचियो ।

 दिनेश गौतम

मान्छे सवैभन्दा खुशि कतिवेला हुन्छ ? प्रश्नका जवाफ अनेकौ हुनसक्छन । तर प्राय धेरै सहमत हुन सक्ने एउटा जवाफ छ , ‘मृत्युबाट बाँचेको वेला ।।’

मितिः विनाशकारी भुकम्पको दिन अर्थात वैशाख १२ गते
स्थान ःविरेन्द्रनगर सुर्खेत
समय ः घाम चर्किदै गइरहेको वेला

तन्नेरी चासोको ‘आइडिया शेयरिङ्ग तथा प्लानिङ्ग वर्कशप’को कार्यक्रम सकिएपछि वैशाख ११ गते सुर्खेतका एकजना साथी र म काठमाण्डौबाट हिँड्दै गर्दा लागेको थियो , ‘काठमाडौँ घुम्नै पाइएन ।’ गोगंवु वसपार्कमा टिकट लिइरहँदा फेरी अर्काेपटक घुम्ने आत्मलालचमा गाडी चढेका हामीहरु विरेन्द्रनगर आइपुग्दा ठिक १० बजेको थियो । गाडीबाट झरेर घरमा पुग्नासाथ फ्रेश भइ खाना खाँए र गाडीमा लामो यात्राका कारण लागेको थकान मेटाउन खोँजे ।

Learn More

दिएर कसैलाई पनि पुग्दैन

दीपज्योति श्रेष्ठ, काठमाडौँ ।

‘काठमाडौँमा ठूलो भुइँचलो आउँछ रे !’ भनेको सुन्दा हाम्रो पालामा नै त नआउला भन्ने लाग्थ्यो तर के थाहा थियो र यो हाम्रै पुस्तालाई चुनौती दिंदै आउँछ भनेर । जमिन हल्लियो, बस्ने घर हल्लियो अन्तत: सबैको मनै हल्लियो । वैशाख १२ गते बिहान ११:५६ मा गोरखाको बारपाकलाई केन्द्र बनाएर गएको त्यो विनाशकारी प्रलयले । अझै पनि सबैको मन काँपिरहेको छ, दिमाग हल्लिरहेको छ त्यो दिन गएको भूकम्प र त्यसले निम्त्याई रहेको परकम्पनहरुले । धेरैको बस्ने बास उठेको छ, पढ्ने ठाउँ भत्केको छ, आफन्त गुमेको छ तैपनि मान्छे बाँच्न विवश छ ।

Learn More

भत्केको घर कहिले जान पाउँला ?

सुरेश बिडारी, वीरगन्ज । १२ वैशाख शनिबारका दिन कुनै हालतमा वीरगन्ज पुग्नैपर्ने थियो । रेडियो र पत्रिकाबाट लिइएको बिदा अवधि सकिइसकेको थियो । आइतबार बिहान साढे ५ बजे रेडियोमा समाचार पढ्नुपर्ने ‘स्केज्युल’ थियो । नगरकोटको कन्ट्री भिल्ला रेष्टुरेन्टमा तन्नेरी…

Learn More