If you have any feedback or suggestion please let us know through this e-mail: tanneri@tanerichaso.net !

Tag: local election

निर्वाचनको माहोल बनाउनुहोस् नेताज्यू !

हिजो राप्रपा नेपालको निर्वाचन आयोग अगाडिको धर्ना अनि त्यो पछिको झडप अनि अस्ति भर्खर केहिदिन अघिको सप्तरीमा भएको त्यो हिंसात्मक घटना अनि लगतै मधेश केन्द्रित दलले आफ्नो समर्थन फिर्ता लिनु…यसो विश्लेषण गर्दा यी सबै घटनाहरु नाटकीय लाग्लान्, योजनावद्द लाग्लान् | नाटककारहरुले प्रस्तुति राम्रै गरे होलान् तर के दर्शकहरुलाई भने त्यसले आनन्द दिइरहेको छ त ? यहाँ दर्शक भनेको हामी आम नागरिक हौँ अरु कोहि होइनौं है |

हुन त यस्ता नाटकीय क्रम अहिलेदेखि होइन देशमा लोकतन्त्र भित्र्याएदेखि नै चलिरहेको छ | हुन पनि हो आखिर लोकतन्त्र /गणतन्त्रको लागि त्यत्रो योगदान दिएको सबैमा घमण्ड हुनु स्वाभाविक हो तर साँची भन्नुपर्दा यो घमण्ड भन्ने कुरा पनि बडो बेईमानी कुरा हो | घमण्ड गर्नेहरु जहिले पनि आफूले के कुरामा घमण्ड गरिरहेको छ त्यसमा स्पष्ट हुनुपर्छ | भन्न खोजेको राम्रोको लागि घमण्ड गरेको हो भने त्यो सबैको लागि फलदायी हुनसक्ला तर यदि त्यही घमण्ड केहि सिमित व्यक्तिले गर्दा लाखौंलाई दु:ख पीडा दिईरहेको छ भने त्यो घमण्ड चाहिं स्वार्थपूर्ण बाहेक अरु केहि हुँदैन भन्ने समयमै बुझ्नुपर्छ | दोश्रोवाला यो घमण्डले ठ्याक्कै हाम्रो राजनीतिक दलहरुको घमण्डलाई जनाउछ |

Learn More