If you have any feedback or suggestion please let us know through this e-mail: tanneri@tanerichaso.net !

Tag: nepal votes

संविधानका निम्ति युवा खबरदारी मार्च

पुष्कर खनाल,
काठमाडौ, पुस २६ , २०७१।

माघ ८ मै संविधान निर्माणको निम्ति दबाब दिने उद्देश्यले ‘तन्नेरी चासो’ लगायत अन्य २२ युवा संस्थाहरुको सक्रियतामा युवा खबरदारी मार्च आज बिहान आयोजना गरिएको छ । काठमाडौँको भृकुटि मण्डपबाट सुरु भएको मार्च वसन्तपुरमा पुगि कोण सभामा परिणत भएको थियो । कोणसभामा ‘तन्नेरी चासो’का नबिन सिलवाले “केहि नेताहरु यो माघ ८ केही हैन यो त एउटा गते हो? भन्दै हुनुहुन्छ” तर माघ ८ एउटा गते मात्रै हैन, यो त हामी युवाको लागि समय हो र नेताहरु लागि बाचा हो ” भन्नुभयो। त्यसैगरि कस्तो संविधान भन्ने मात्र होइन कहिले भन्ने पनि महत्वपूर्ण हुने र संविधानको कुरा गर्दा समय पनि संगै आउने कुरा बताउनु भयो ।

Learn More