आफ्नोलाई भन्दा राम्रोलाई जिताउनु छ चुनावमा

-रन्जिता डंगोल, हेटौंडा

कुन पार्टीले के के गर्याे थाहा भएन

तर स्थानिय निकायकाे चुनावमा
एक दुई जना भन्दा राम्रो व्यक्ति
अरू
मेराे नजरमा परेन
राम्रालाई भन्दा हाम्रो पार्टीलाई
जिताउने अभ्यास हुँदै शहरमा

सुन्दै छु एक दुई स्थानमा जडियाहरूकाे
खाडल बन्दैछ
राम्रोसँग पार्टीको छवि बदल्दै छ
युवाहरूकाे नजर सभ्य व्यक्तिमा पुगाेस्
स्थानिय चुनावमा राम्रो व्यक्ति नै  चुनियाेस्

पार्टीको सिद्धान्त भन्दा व्यक्तिवादी हावि हुन्छ
हाम्रो समाजमा
हेर्नुछ कुन पार्टीको एजेन्डाले परिवर्तन ल्याउछ
समाजमा
राम्रो व्यक्ति छान्ने अभ्यास गर्नु छ समाजमा

पहिले जस्तै कागजमा सिमीत हुने एजेन्डा बाेक्यौ
भने नेताज्यू

आज भाेलीका युवाहरू गुनासो गर्दैनन् नेताज्यू
स्मरण रहाेस् नेताज्यू सिधै प्रश्न गर्छन्
जवाफदेहीता खाेज्ने बानिकाे विकास गराउनु छ
जनतामा
आफ्नोलाई भन्दा राम्रोलाई जिताउनु छ चुनावमा |||

671 Comments

Leave a reply