कसलाई जान्छ हाम्रो भोट?

रेखा भुजेल, हेटौंडा

लौ आयो घर घर मा चुनावी लहर
काम गरेर देखाउछु भन्ने उम्मेदवार को ठहर
बीस बर्ष पछि चुन्न पाउदैछन जनताले सरकार
घोषणापत्र सहित घरदैलो गर्दैछन उम्मेदवार

भाषण होइन हामिलाइ असल शासन चाहिएको छ
पारदर्शी अनि जनतामुखी शुसासन चाहिएको छ
मासु चिउरा अनि रक्सी मा बिक्दैनन अबको जनता
दलित,वर्ग अनि महिला लाई हेर्ने अनुशासन चाहिएको छ

जित्नको लागि होइन कामको लागि हो विधान
हुदैन जनमुखि काम भने अहिले देखि हुनु सावधान
गाउँ गाउँ मा सिंहदरवार,जसले पार्छ जनताको सपना साकार
अब को स्थानीय तह को चुनाव मा उसैलाइ जान्छ हाम्रो बहुमुल्य मतदान

51 Comments

Leave a reply