समयमै संविधानका जारी गर्न मैनबत्ती प्रज्वलन

अर्जुन अपवाद/दोलखा
माघ ८ मै संविधान जारी गर्नका लागि दोलखा सदरमुकाम चरिकोटमा शनिवार मैनतबत्ती प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ । जवाफदेहिताका लागि गौरीशंकर समूह र सहभागीमुलक ग्रामिण विकास कार्यक्रम (PRDP)ले कार्यक्रमको आयोजना गरेको हो । सदरमुकाम चरिकोटको सातदोबाटो चोकमा आयोजना गरिएको कार्यक्रममा विद्यार्थी, पत्रकार तथा सर्वसाधारण गरि ३ दर्जनको सहभागीता थियो । देशमा भईरहेको संरविधान निर्माण प्रकृयामा खबरदारी गर्नका लागि कार्यक्रम आयोजना गरिएको जवाफदेहीताका लागि गौरीशंकर समूहका संरयोजक गणेश बुढाथोकीले जानकारी दिए । उनका अनुसार खबरदारीका लागि निरन्तर रुपमा यस्ता कार्यक्रम गरिने सोच समूहको रहेको छ । तन्नेरी चासोको अगुवाईमा देशभर एकैसाथ यस्ता कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए ।

8221 Comments